भेरीको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३१ चैत्र २०७७, मंगलवार १६:२४
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १३ नमुना परीक्षण गरिएकोमा आधाभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

पछिल्लो केही दिनदेखि डर लाग्दोगरी संक्रमण फैलिन थालेको छ । संक्रमण पुष्टि भएकाहरुम बालबालिकादेखि जेष्ठ नागरिकसम्म छन् ।


द्रूत गतिमा भाइरस संक्रमण फैलिरहेको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सबैमा अपिल गरेका छन् ।

Next Post

तीन जना पत्रकारलाई जानकीद्वारा सम्मान

३१ चैत्र २०७७, मंगलवार १६:२४
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले ३ जना पत्रकारलाई सम्मान गरेको छ । गाउँपालिकाको कार्यालय परिसरमा मंगलबार आयोजना गरेको वडा नं. ४ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रमका अवसरमा बालविवाहविरुद्ध समाचार लेखेर योगदान गरेको भन्दै नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदी, कान्तिपुर दैनिकका संवाददाता रुपा गहतराज र हाम्रो समाचार दैनिकका सम्पादक […]