कचहरी नाटक सम्बन्धी ७ दिने तालिम शुरु

सदरलाइन संवाददाता १७ भाद्र २०८०, आईतवार १३:५९
 

नेपालगञ्ज : कचहरी नाटक सम्बन्धी ७ दिने तालिम आइतवारदेखि नेपालगञ्जमा शुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रमअन्तर्गत सो तालिम शुरु भएको हो ।

कार्यक्रम सञ्चालित कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ३० जना युवाहरुको सहभागिता रहेको तालिमको उद्घाटनमा बोल्दै बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिबकुमार बर्माले कार्यक्रमको उद्देश्य परिपूर्तीका लागि युवाहरुलाई शिप प्रदान गर्ने र समुदाय सचेतीकरणमा परिचालन गर्ने गरी तालिमको आयोजना गरिएको भन्दै सो उद्देश्य परिपूर्तीका लागि सक्रिय भएर काम गर्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै बास नेपालका तालिम विभाग प्रमुख तथा निर्वतमान अध्यक्ष रमेश सिटौलाले कचहरी नाटक नयाँ बिषय भएको र समाजलाई सुसुचित गर्न महत्वपूर्ण हुने भन्दै तालिममा सक्रियता पूर्बक सहभागिता जनाउन अनुरोध गरे ।

यसैगरी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले शिकेको शिप अहरणीय भएको् भन्दै तालिमले सबै सहभागिहरुलाई कचहरी नाटकका बिषयमा शिप प्रदान गर्ने बताए । नाटकमा स्किृप्ट लेखन लगायत बिषयबस्तु महत्वपूर्ण हुने भन्दै त्यसमा केन्द्रित भएर तालिम प्रदान गर्नुपर्नेमा जोड दिए । सबै सहभागिहरुका लागि तालिम अवसर भएको भन्दै अवसरको पूर्ण रुपमा सदुपयोग गर्न उनले सहभागिहरुलाई अनुरोध गरे ।

तालिमको उद्घाटन सत्रमा तालिमको बिषय बस्तुका बारेमा जानकारी प्रशिक्षक किशोर डंगोलले गरेका थिए । उनले आयोजकले जुन उद्देश्य राखेर तालिमको आयोजना गरेको हो सो अनुरुप सहभागिहरुलाई तालिम प्रदान गर्ने प्रतिबद्धता गरे ।


बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम प्रबन्धक हेमराज भट्टले समुदायमा खोप (शुन्य डोज र छुटेको डोज) लाई पूर्ण गर्न र बाल विवाहका बिषयमा सामुदायिक संवेदनशिलताका लागि तालिमको आयोजना गरिएको बताए ।

तालिम पश्चात समुदाय स्तरमा गएर कचहरी नाटकको माध्यमबाट आम नागरिकहरुलाई सचेत गराउने उद्देश्य रहेको उनको भनाई थियो । तालिमबाट पूर्ण रुपमा शिप र ज्ञान हासिल गरेर जान सबै सहभागिहरुलाई उनले अनुरोध गरे ।

७ दिनसम्म चल्ने तालिममा कचहरी नाटकका विभिन्न बिषयमा प्रशिक्षक किशोर डंगोलले सहजिकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन सत्र बासका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिममा कर्णाली प्रदेश अन्तरगत जुम्लाको गुठीचौर गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बिरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाका १५ जना युवाहरु र सुदुरपश्चिम प्रदेश अन्तरगत दार्चुलाको महाकाली नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका, डोटीको शिखर नगरपालिका, कन्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको घोडाघोडी र धनगढी उपमहानगरपालिकाका १५ जना गरी ३० जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३० किलो चित्तलको मासुसहित एक जना पक्राउ

१७ भाद्र २०८०, आईतवार १३:५९
नेपालगञ्ज : बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटो राखेर ल्याउँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता […]