वीपीको शालिकमा माल्यार्पण

६ श्रावण २०७७, मंगलवार १४:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३८ औं स्मृति दिवस मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
३८ औं वीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले नेपालगञ्जको वीपीचोकमा रहेको शालिकमा माल्र्यापण गरेको छ ।
माल्यार्पणपछि कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति किरण कोइरालाले वीपीको सिद्धान्तलाई सबैले पालना गर्नुपर्नेमा जोड दिइन् । वीपीपथमा हिड्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले नेपाली राजनीतिका शिखर पुरुष विपी कोइरालाले देखाएको बाटोमा कांग्रेस हिंड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् ।
सभापति कोइरालाले आदर्श र मूल्यको राजनीति चीरकाल पर्यन्त स्मरणीय रहने उल्लेख गरिन् । अहिले बहुमतको सरकार हुँदा पनि जनताले अनुभूति गर्न नपाएको प्रसंग कोट्याउँदै सभापति कोइरालाले जताततै भ्रष्टाचार मौलाएको टिप्पणी गरिन् ।
काँग्रेस बाँकेको आयोजनामा भएको कार्यक्रममा उपसभापति सुनिल नरसिंह राणा, सचिव तप्त पौडेललगायत नेता कार्यकर्ताको उपस्थिति थियो । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक मानिन्छन् । ३८ बर्षअघि आजकै दिन साउन ६ गते वीपी कोइरालाको देहावसान भएको थियो ।

Next Post

चन्दा असुली गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

६ श्रावण २०७७, मंगलवार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : अबैधरुपमा चन्दा असुलि गर्दै आएको आरोपमा बाँकेमा विप्लव नेतृत्वको नेकपाका दुई कार्याकर्ता पक्राउ परेका छन् । प्रतिवन्धित नेकपा पार्टीको भेरी कर्णाली न्याय प्रमुख एवं सैन्य कमाण्डर चित्रबहादुर बिक र उनका सहयोगी सुरेश राउत चन्दा असुलि गर्दैगर्दा पक्राउ परेका हुन् । चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ परेका […]