‘पार्टीमा आधिकारिकता दाबी गर्नले अन्य दलको ईशारामा चल्न हुँदैन’

लक्ष्मी तिमिल्सेना ३० श्रावण २०७८, शनिबार १९:५७
 


नेपालगञ्ज : नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज एवम प्रदेशका निबर्तमान मूख्यमन्त्री शंकर पोखरेलले पार्टीको निर्देशन अनुसार नचलेर अरु कसैको नेतृत्वमा चल्नेले पार्टी आधिकारिकताको दावा गर्न नमिल्ने बताएका छन् ।

उनले शनिबार नेकपा एमाले बाँकेको १७औं पुर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षलाई ईगित गर्दै पार्टी एकताको कुरा गर्ने तर अन्य पार्टीको नेताको ईशारामा शर्तमाथि शर्त थप्दै जाने कार्य कसैले पनि गर्न नहुने कुरामा जोड दिए ।

संसद जोगाउने नाममा असंसदीय कार्य कम्युनिष्ट नीति अन्र्तगत नपर्ने भन्दै उनले सबैले संसद विघटनका बारेमा बहस गरे पनि विघटन किन भयो भन्ने विषयमा कसैले चासो नदिएको बताए । प्रचण्डको विग्रहले जनादेशको निरन्तरतामा समस्या आएपछि ताजा जनादेशमा जानका निमित्त संसद विघटन गर्नु परेकोमा जोड दिंदै नेता पोखरेलले वामपन्थीका नाममा चुनाव जित्ने र उसैको विरुद्धमा गएर अरुलाई नै समर्थन गर्ने कार्यलाई ईतिहासले कहिल्यै क्षमा नगर्ने दावी गरे ।

उनले भने–‘ गैर कम्युनिष्ठका बिरुद्ध मोर्चाबन्दी हुँदै एउटै घोषणा पत्रमा चुनाव जितेर जसको बिरुद्धमा चुनाब लडेको हो त्यसैको समर्थनमा जानु अत्यन्तै सर्मनाक कुरा हो ।’ उनले पार्टीको संसदिय दलको नेताको बिरुद्ध अन्य पार्टीको नेतालाई स्वीकार्नेले पद्धतीको कुरा गर्न नसुहाउने दाबी गरे ।


केपी ओलीलाई विश्वासको मत दिएको भए संसद, सरकार र संविधान सबै जोगिने कुरा औल्याउदै नेता पोखरेलले यो कुरा संसदवादको नभएर अन्तरसंघर्षमा जनता केपी ओलीको समर्थनमा लागे भन्ने कुण्ठाको उपजले सिर्जित अवस्था भएको ठोकुवा समेत गरे ।

पार्टी भित्रैका केहि तत्वहरुले अवसरवादको पुष्टिका लागि कम्युनिष्ट विरोधि कार्य गरेको आरोप लगाउदै पार्टीमा रहन चाहनेले १० बुंदे सहमतिका आधारमा निःशर्त आउन आग्रह गर्दै उनले आफ्नै भविष्य अन्योलमा भएका नेताका पछाडि लागेर आफ्नो राजनीतिक भविष्य अनिश्चित नगर्न समेत अपिल समेत गरेका थिए ।

एमाले बाँकेका अध्यक्ष सूर्य ढकाललको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका बाँके ईन्चार्ज तथा केन्द्रीय सदस्य खेममान खड्का, सह ईन्चार्ज मो हारुन, बर्दिया ईन्चार्ज लक्षमण ज्ञवाली, लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सञ्चालन हुने छात्रा कलेजको संञ्चालक समितिको अध्यक्षमा गुप्ता

३० श्रावण २०७८, शनिबार १९:५७
नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेजको सञ्चालक समिति मधेशी आयोगका सदस्य समेत रहेका विजयकुमार गुप्ताको संयोजकत्वमा गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण […]