काँग्रेस महामन्त्री गगन थापा विजयी

सदरलाइन संवाददाता ६ मंसिर २०७९, मंगलवार १२:५३
 

नेपालगञ्ज : युवा नेता एवम नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाण्डौ ४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।


त्यो चुनावमा बाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके १ मा सुर्य ढकाल १ हजार मतले अगाडी

६ मंसिर २०७९, मंगलवार १२:५३
नेपालगञ्ज : बाँके क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार सुर्य ढकाल १ हजार २ मतले अगाडी रहेका छन् । माओवादी केन्द्रका महेश्वरजंग गहतराज (अथक) उनलाई पछ्याइरहेका छन् । पछिल्लो मत परिणामअनुुसार ढकाल ५ हजार ५ सय ६९ मत पाएर अग्रस्थानमा छन् भने अथक ४ हजार ५ […]