नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
अब आइसोलेशनमा ३ सय ८४ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्युु भइसकेको छ ।