एमाले बाँकेको स्वयंसेवक टोली रुकुम पश्चिम प्रस्थान

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १३:२५
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले भुकम्प प्रभावितको घर पुनर्निमार्णमा सहयोग गर्न स्वयंसेवक खटाएको छ । एमालेका नेता राम थापाको नेतृत्वमा २० जनाको टोली रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सहयोग गर्न मंगलवार विहान निस्केको छ ।


एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार नेपालगञ्जबाट गएको स्वयंसेवक टोलीले पुनर्निर्माणमा सहयोग गर्नेछ । स्वयंसेवक टोलीले खाने बस्ने व्यवस्था आफै गरेको छ । एमालले यसअघि भुकम्प प्रभावितका लागि आठ लाख बराबरको सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्प पीडितहरुका लागि भारतीय राजदूतावासद्वारा औषधि सहयोग

५ मंसिर २०८०, मंगलवार १३:२५
नेपालगञ्ज : जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्जसम्म ल्याइएको सो औषधि मंगलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे । औषधि हस्तान्तरण […]