बर्दिया ट्राफिकद्धारा एक करोड राजश्व संकलन

सदरलाइन संवाददाता २५ श्रावण २०७८, सोमबार १४:२६
 

बर्दिया : जिल्ला ट्राफिक कार्यालय बर्दियाले आर्थिक वर्ष ०७७÷०७८ मा एक करोडबढी राजश्व संकलन गरेको छ । यो आर्थिक वर्ष ०७६÷०७७ भन्दा करिव दोब्बरले बढीले हो ।

आर्थिक वर्ष ०७७÷७८ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको छ । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने ६५ लाख २ हजारमात्रै राजश्व संकलन भएको थियो ।


ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेबाट कारवाही गर्दा सो परिमाणको राजश्व संकलन भएको कार्यालय प्रमुख गोपाल ज्ञवालीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन ट्रक, बस, जिपकार, टेक्टर, मोटरसाइकल लगायतका सवारी साधन बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा निषेधाज्ञा लम्बियो

२५ श्रावण २०७८, सोमबार १४:२६
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै बर्दियामा निषेधाज्ञालाई थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेर भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिइएको हो । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । उनले संक्रमण […]

सम्बन्धित