बाँकेमा बिहीवार २३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १४:५५
 

नेपालगञ्ज : बाँकेमा बिहीबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका १३ जना कोहलपुरका हुन् । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ देखि १८ वर्षसम्मका छन् । कोहलपुर वडा नम्वर १, २, ५ र १० मा कोभिड संक्रमण बढी देखिएको छ ।


बिहीबार बाँकेमा १८८ नमुना परीक्षण गरिएको थियो । जसमध्ये भेरीको प्रयोगशालामा एक सय नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा ५९ नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु

२१ श्रावण २०७८, बिहीबार १४:५५
बैतडी : जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट […]