पर्यटन मजदुर र कोभिड संक्रमितलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण

सदरलाइन संवाददाता १७ श्रावण २०७८, आईतवार १७:४१
 


नेपालगञ्ज :  पर्यटन प्रबद्र्धन समिति बाँके र नाटा बाँकेको सहकार्यमा भेरी अस्पतालमा उपचारमा रहेका कोभिड–१९ संक्रमितका आफन्तलाई स्वास्थ्य सामाग्री र बाँकेमा पर्यटनका क्षेत्रमा कार्यरत मजदुरका लागि खाद्यान्न राहत वितरण गरिएको छ ।

नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईको प्रमुख आथित्यमा भेरी अस्पतालको कोभिड वार्डमा उपचारको लागि भर्ना भएको संक्रमितका आफन्त ३८ जनालाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।


यसैगरी कोभिडका कारण रोजगारी गुमाएका पर्यटनका क्षेत्रमा कार्यरत मजदुरलाई लक्षित गरी उनीहरुको लागि खाद्यान्न राहत बितरण गरिएको छ । करिव २ सय जनालाई ५ हजार बढीको खाद्यान्न वितरण गरिएको पर्यटन प्रबद्र्धन समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभुराम शर्मा भए नेपाली सेनाका कार्यवाहक प्रधानसेनापति

१७ श्रावण २०७८, आईतवार १७:४१
काठमाडौं : नेपाली सेनाका बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । आइतबार राष्ट्रिपति विद्यादेवी भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत […]