उट ! आई पुगे नेपालगञ्जमा

१७ फाल्गुन २०७५, शुक्रबार ०७:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : फागुन १९ गतेदेखि नेपालगञ्जमा आयोजना हुने ‘प्रादेशिक महोत्सव–२०७५ को लागि भारतबाट दुईवटा ऊँट ल्याइएको छ ।

भारतको राजस्थानबाट मोटरमा ल्याइएका ऊँट बिहीबार नेपालगन्जमा आइपुगेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।

भारतबाट ल्याइएका ऊँट महोत्सव स्थलमा राखिएका छन्। फागुन १९ गते आइतबार बिहान ९ बजे नेपालगन्ज उद्योग वाणिज्य संघबाट शुरु हुने महोत्सवको झाँकीमा ऊँट प्रदर्शन गरिने प्रचार प्रसार समितिका संयोजक टंकबहादुर धामीले जानकारी दिए ।


प्रादेशिक महोत्सवमा पहिलो पटक नेपालगन्जमा ऊँट ल्याइएको आयोजकले जनाएको छ। ‘महोत्सवमा यसपटक नयाँ गर्न खोज्दै छौ’– संयोजक धामीले भने,‘त्यसैकारण नेपालगन्जका लागि नयाँ ऊँट ल्याएका छौं ।’

उनले हात्ती ल्याउने भनिए पनि नयाँ व्यवस्था अनुसार निकुञ्ज बाहिर लैजान नमिल्ने भएपछि हात्ती ल्याउन नसकिएको उनले बताए ।

प्रादेशिक महोत्सव तीन दिनपछि सरेको छ । प्रादेशिक महोत्सव अब फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । तयारी अन्तिम चरणमा पुगेका बेला बुधबार बिहानदेखि नेपालगञ्जमा लगातार पानी परेपछि महोत्सव तीन दिनपछि सार्नु परेको अध्यक्ष बैश्यले जानकारी दिए ।

Next Post

भारतीय पाइलट पाकिस्तानद्वारा रिहा

१७ फाल्गुन २०७५, शुक्रबार ०७:४८
सदरलाइनडटकम, काठमाण्डौ : बुधवार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरेको छ । पाकिस्तानले शुक्रवार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो । उनलाई पञ्जावको वगाहा आरती नाकाबाट भारत ल्याइएको छ । भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ । उनी स्थानीय समयअनुसार […]