‘टुर दि ठाकुरद्वारा’को नेपालगञ्जमा सचिवालय उदघाटन

सदरलाइन संवाददाता २४ पुष २०८०, मंगलवार १७:३८
 

नेपालगञ्ज : पर्यटन प्रवर्द्धनका लागि आगामी माघ २६ र २७ गते ‘टुर दि ठाकुरद्वारा’ को छैठौं संस्करण हुने भएको छ । साइकल यात्रामार्फत बाँके–बर्दियाको पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष ’टुर दि ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लवले हरेक वर्ष आयोजना गर्ने ’टुर दि ठाकुरद्वारा’ले बाँके र बर्दियामा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीयस्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको छ । ’टुर दि ठाकुरद्वारा’को सचिवालय मंगलवार नेपालगञ्जमा उदघाटन गरिएको छ ।

सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उदघाटन गरे । संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्रा जस्तै नेपालगञ्जदेखि रारासम्म जाने गरी कार्यक्रम गर्न सके पर्यटन प्रवर्द्धनमा अझ टेवा पुग्ने बताए ।


’टुर दि ठाकुरद्वारा’को छैठौ संस्करणमा नेपाल र भारतका गरी करिब तीन सय साइकल यात्रीको सहभागिता रहने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । ’टुर दि ठाकुरद्वारा’ अघि नेपालगञ्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको छ ।

’टुर दि ठाकुरद्वारा’मा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगञ्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

’टुर दि ठाकुरद्वारा’मा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल समेत हुने क्लवका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम संयोजक सतिश निरौलाले बताए । ’टुर दि ठाकुरद्वारा’को पहिलो र दोस्रो संस्करणमा दुई जना अष्ट्रेलियन नागरिकले पनि भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जब्दीघाटमा पुल निर्माणको मागसहित प्रदर्शन

२४ पुष २०८०, मंगलवार १७:३८
बर्दिया : ६ वर्षअघि हस्तान्तरण नहुँदै भासिएको जब्दीघाटस्थित बबई पुल निर्माणमा सरकारले चासो नदिएको भन्दै स्थानीयले मंगलबार गुलरियामा प्रदर्शन गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयअगाडि गएर प्रदर्शनमा टुंगिएको थियो । स्थानीय बासिन्दाले ‘जब्दीघाटमा पुल बनाउ सरकार,नत्र भने हामीलाई छैन तिम्रो दरकार’,‘पुल […]