बाँकेमा बिहीवार १९ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १५:१९
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १२८ नमुना परीक्षण गर्दा १५ र कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ४ जनागरी १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


तीमध्ये बाँकेका ५ जना रहेका छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १३ पुगेको छ । तीमध्ये १७ हजार २ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म बाँकेमा ८८ हजार ७ सय ४१ नमुना परीक्षण भएको छ ।

बाँकेमा हाल १३ जना सिकिस्त बिरामी छन भने १५ जना मध्यम खाले बिरामी छन् । ३ जनाको भने भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खिर खाएर आज साउन १५ मनाइँदै

१४ श्रावण २०७८, बिहीबार १५:१९
नेपालगञ्ज : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज […]