बाँकेमा १३ जनामा कोरोना पुष्टि, ३ जना डिस्चार्ज

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १५:४१
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै मंगलवार ३ जना डिस्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १६४ नमुना परीक्षणमा बाँकेका ४ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना, मेडिकलमा कलेज कोहलपुरमा ७ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ६ सय जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ३४ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमितमध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

जिल्लामा ४४ जना सक्रिय संक्रमित रहँदा २२ जना अस्पताल र आइसोलेसनमा छन् भने ४२ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो

१२ श्रावण २०७८, मंगलवार १५:४१
नेपालगञ्ज : सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसंचार सेवा, भन्ने मुल नाराका साथ रक्तसंचार सेवा दिवस मंगलवार नेपालगंजमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्र बाँकेद्वारा आयोजित कार्यक्रममा रक्तसंचार सम्बन्धी उपकरण हस्तान्तरण खुला रक्तदान र कोण सभाको आयोजना गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिका […]