सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जवानको मृत्यु

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १२:०६
 

काठमाण्डौ : भारतका दुई राज्य असम र मिजोरम सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिम्मत विस्व सरमाले उक्त घटनाको पुष्टि गरेका हुन् ।


अमस–मिजोरम सीमामा हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्ने क्रममा असम प्रहरीका बहादुर ६ जवानको मृत्यु भएको मुख्यमन्त्रीले ट्वीटरमा लेखेका छन् । असम–मिजोरम सीमामा प्रहरी र आम नागरिकबीच झडप हुँदा गोली चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १३ जनामा कोरोना पुष्टि, ३ जना डिस्चार्ज

१२ श्रावण २०७८, मंगलवार १२:०६
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै मंगलवार ३ जना डिस्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १६४ नमुना परीक्षणमा बाँकेका ४ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन । […]