अर्घाखाँची आगलागी घटनामा जलेर गम्भीर घाइते भएका चारै जनाको मृत्यु

सदरलाइन संवाददाता २७ बैशाख २०८०, बुधबार १२:४१
 

नेपालगञ्ज : अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएकाहरुको मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मंगलबार दिउँसो भुमिकास्थान २ तिरतिरेमा पदम बेल्बासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासे र ५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको उपचारको क्रममा मृत्य भएको हो ।


सो आगलागीमा परी घाइते भएकालाई शुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो ।

पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनै जनाको बाटोमै मृत्यु भएको र माधवको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेस्तोलसहित नेपालगञ्जबाट एकजना पक्राउ

२७ बैशाख २०८०, बुधबार १२:४१
नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बाँके पहरीले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २८ वर्षीय सुमन रिजाललाई पेस्तोलसहित मंगलबार राती पक्राउ गरेको हो । नेपालगञ्जस्थित डान्सबारबाट निस्किँदै गर्दा उनको साथबाट पेस्तोल फेला परेको प्रहरीले जनाएको छ […]

सम्बन्धित