सदरलाइनडटकम,
दाङ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीको गाडी दुर्घटनामा परेको छ । सोमवार राती पौने १ बजे लमही नगरपालिका वडा नं. ६ पुलमोर स्थित घुम्तिमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोरहीबाट लमहीतर्फ जाँदै गरेको बा २ झ २८७१ नम्बरको सरकारी गाडी सडकदेखि करीब एकसय फिट तल खसेको छ । सो गाडीले सचेतक चौधरीलाई उनको घर घोराही उपमहानगरपालिका वडा नं. ४ डाडागाउँ बसन्तपुर छोडेर फिर्ता हुने क्रममा दुर्घटनामा परेको हो । मानवीय क्षति भने भएको छैन ।
