बाँकेमा तीन महिनामा एक करोड १० लाखको खसी बिक्री

२० असार २०७३, सोमबार १२:५९
 

 


                    बजारीकरण कार्यक्रमले कृषकलाई राहत, महिला आत्मनिर्भर बन्दै
रुद्र सुवेदी/सदरलाइनडटकम
२० असार, नेपालगन्ज : बाकेका विभिन्न महिला समुहमा आवद्ध महिलाले बाख्रा पैचो कार्यक्रममा सहभागि भई पालेका बाख्राबाट उत्पादन भएका खसी, बोकाको बिक्री वितरणका लागि वजारीकरणको काम सुरु भएको छ ।
त्यस्ता महिलाहरुलाई सहकारीको माध्यामबाट संगठित गर्दै सामाजिक उद्यमी महिला सहकारी मार्फत जिल्ला महिला उद्यमी सहकारी संघ गठन भएसंगै वजारीकरणको काम सुरु भएपछि महिला कृषकहरुलाई आफुले पालेका खसी, बोका कहा“ बिक्री गर्ने भन्ने चिन्ता हटेको छ ।IMG_7053
जिल्लाका महिलाहरुले पालेका खसी, बोका अन्यत्रको भन्दा राम्रो मुल्यमा संघले ने खरीद गर्दै आएको छ । ‘पहिला किसानले अन्दाजको भरमा मूल्य गर्दा निक्कै घाटा सहनु परेको थियो तर, अहिले भने तौलेर किनबेच गरिदा किसानले आफ्नो खसीको तौल अनुसारको मूल्य पाउने गरेका छन्’–जिल्ला महिला उद्यमी सहकारी संघ बाँकेकी अध्यक्ष गंगा शाहले बताईन । उनले सहकारीले नै खरिद गरी विक्रि गर्दा किसान मर्कामा नपर्ने दावी गरिन ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा तीन महिना अघि सुरु भएको बजारीकरण कार्यक्रम अन्र्तगत हालसम्म १ करोड १० लाख ५० हजार रुपैया बराबरको १ हजार १४ वटा खसी बिक्री गरि सकिएको हेफरका क्षेत्रीय सहायक निर्देशक दुर्गा केसीले जानकारी दिए ।
सहायक निर्देशक केसीका अनुसार, बजारीकरण कार्यक्रम सञ्चालन भएपछि उत्पादन भएका खसीहरु बिक्री गर्ने झण्झटबाट महिला कृषकहरुले मुक्ति पाएका छन् । ‘कृषकहरुलाई उचित मुल्य प्रदान गर्ने उदेश्यले कृषकहरु नै सहभागि भएको संघ मार्फत बजारीकरणको काम गरिएको छ ।’ सहायक निर्देशक केसीले भने,–‘तीन महिनाको अवधिमा बजरीकरणको काम राम्रै भएको छ ।’
बजारीकरणलाई दिगो बनाउनका लागि जिल्ला संघले बाँंकेको महादेवपुरी–५ ढकेरीमा १० कठ जग्गा खरिद गरी संकलन केन्द्र निर्माणको काम सुरु गरिसकेको छ । सबै ठाउंँबाट ल्याइएको खसी, बोकाहरु त्यही राखिने छ ।
बा“केको महादेवपुरी, कचनापुर, कुसुम, बैजापुर, बिनौना, फत्तेपुर, रनियापुर, वनकटुवा, टिटिहिरिया, उढरापुर, खजुराखुद्र, बागेश्वरी, पुरना, बेतहनी र गांगापुर गाविसमा हेफरको सहयोगमा ‘बाख्रा पैंचो कार्यक्रम तीन बर्षअघि सुरु गरिएको थियो । यि गाविसहरु बाख्रापालनको पकेट क्षेत्र बनेका छन् । यि गाविसका ७ हजार परिवार बाख्रापालनमा आबद्ध रहेका छन् ।
फत्तेपुरमा बाख्रा पैचो कार्यक्रमलाई सहकार्य गर्दै आएको बहुमुखि सेवा केन्द्र नेपालका अध्यक्ष प्रभातसिंह ठकुरीले सुरुमा फत्तेपुर गाविस भरी ३ हजार बाख्रा भएकोमा अहिले त्यो संख्या बढेर १४ हजार पुगेको बताए । उनले हेफर र बहुमुखिले सानो तालिम र घास, तथा सुरुमा विउ पुजी लगानी गरेको भएपनि किसानको मेहनतले नै सफलता तिर पु¥याएको दावी गरे ।
‘हामीले पालेका बाख्राहरु कहाँं बिक्री गर्ने भन्ने समस्या थियो ।’ ‘बाख्रा पैचो’ कार्यक्रम अन्र्तगत बाख्रापालन गर्दै आएकी बांँके महादवपुरीकी नम्रता डा“गीले भनिन्,–‘बजारिकरणको काम सुरु भएपछि राहत मिलेको छ ।’ डा“गीले दुईवटा बाख्रा पैचो लिएको तीन बर्षको अवधिमा १३ वटा बाख्रा बिक्री गरि सकेकी छन् । उनले गत बर्षमात्र ६० हजार आम्दानी गरेकी छन् । श्रीमान बिदेशमा रहे पनि उनले घरखर्च र छोराछोरी पढाउनका लागि श्रीमानको भर पर्नुपरेको छैन् ।
हेफर नेपालगञ्जका क्षेत्रीय निर्देशक केसीले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउनका लागि थालिएको अभियान ग्रामिण क्षेत्रमा सफल भइरहेको बताए । उनले भने,‘यसले एकातिर महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउने काम गरिरहेको छ भने अर्कोतर्फ जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने काम गरि रहेको
छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हचुवाको भरमा ‘झ्याऊ’ जस्ता जडिबुटीमा प्रतिबन्ध लगाउदा साना व्यावसायीको लगानी डुवेको गुनासो

२० असार २०७३, सोमबार १२:५९
२० असार, नेपालगन्ज : राज्यले हचुवाको भरमा ‘झ्याऊ’ जस्ता जडिबुटीमा प्रतिबन्ध लगाउदा साना जडिबुटी व्यावसायीको लगानी डुबेकोले बैज्ञानिक अध्ययन गरी ‘झ्याऊ’ संकलन तथा निकासीको लागि बाताबरण मिलाउने सुझाव आएको छ । बन विभागले नेपालगन्जमा आयोजना गरेको ‘झ्याऊ’ संकलन तथा निकासीका बारेमा सरोकारवालासंगको परामर्श तथा अध्ययन टोलीले आयोजना गरेको अन्तरक्रियाका सहभागिले […]

सम्बन्धित