नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना, दुईको मृत्यु

सदरलाइन संवाददाता १५ मंसिर २०७८, बुधबार १६:१३
 

नेपालगञ्ज : जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगन्ज आउँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२, जुम्ला घोडेंगा गाउँमा दुर्घटना भएको हो ।


बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।

बसमा चार जना मात्र सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्तिके वर्षातले बाँकेमा २ अर्बको धान नष्ट

१५ मंसिर २०७८, बुधबार १६:१३
नेपालगञ्ज : कातिक पहिलो साता भएको बेमौसमी वर्षासँगैको डुवानले बाँकेमा झन्डै दुई अर्व बराबरको धानखेती नष्ट भएको तथ्याङ्क संकलन गरिएको छ । सरकारी तथ्याङ्क अनुसार जिल्लामा १ अर्व ९७ करोड मूल्य बराबरको धानखेती नोक्सानी भएको हो । बेमौसमी पानीले बाँकेमा आधा बढी धान नोक्सान भएको छ । जिल्ला कृषि ज्ञान […]