सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुुुक्रवार परेको पानीले नगरका विभिन्न स्थान जलमग्न भएका छन् । मेघगर्जनसहित भएको बर्षाले नेपालगञ्जका न्यूरोड, सुर्खेत रोड, घरबारीटोल, सल्यानीबंगला, सेतुबिक चोक, धम्बोझी, बागेश्वरी मन्दिरलगायतका क्षेत्र जलमग्न भएका हुन् ।
सडक नै जलमग्न हुँदा सवारी साधान चलाउन र हिँडडुल गर्न कठिनाई भएको छ । सडक विस्तार र नाला निर्माणको काम अधिकांश ठाउँमा भएपनि कही घण्टाको झरीले डुबान हुँदा नगरबासी चिन्तित बनेका छन् । स्थानीयहरुले अफुहरुकोे समस्या बुझिदिन मेयर डा. धवल शम्शेर राणासँग आग्रहसमेत गरेका छन् ।
हालै मात्र नेपालगञ्ज उपमहानगरपालिकाले एडिबिको आर्थिक सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला निर्माण गर्दासमेत समस्या याथवतनै रहेपछि नगरबासी अचम्ममा परेका छन् ।
