अपांङगता भएकालाई नेपालगञ्जकी उपमेयरको सहयोग

१२ माघ २०७६, आईतवार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले आफ्नो व्यक्तिगत प्रयासबाट अपांङगता भएकाहरुलाई न्यानो लुगा र पिफम सहयोग गरेकी छन् ।
उपमेयर थापामगरका भाई बेग थापामगर र बहिनी एञ्जिला सिंजालीको सहयोगमा अपांङग सशक्तिकरण एंव संचार केन्द्र (डेक, नेपाल) ले बानियाभारमा संचालन गरेको सिपि सेन्टरका ९ जना अपांङगता भएकाहरुलाई ट्रयाकसुट र पिफम सहयोग गरेकी हुन ।
डेक नेपालको व्यवस्थापनमा सम्पन्न सहयोग कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद कृष्णा केसी नमुनाले फरक क्षमता भएकाहरुलाई चिसो मौसममा न्यानो लुगाको आवश्यकतालाई मध्येनजर गर्दै गरिएको सहयोग अत्यन्तै उपयोगी भएको बताईन । उनले फरक क्षमता भएकाहरुलाई समाजमा सम्मानपुर्वक बाच्न, लाउन र खानाको व्यवस्था मिलाउन राज्यको प्रमुख दायित्व भएता पनि राज्यको ध्यान नपुगेको अवस्थामा उपप्रमुख थापामगरको व्यक्तिगत प्रयास सरहानीय भएको उल्लेख गरिन ।
सहयोग वितरण कार्यक्रममा बोल्दै उपप्रमुख उमा थापाले धेरैको ध्यान पुग्न नसकेको अपांङगता भएकाहरुको विभिन्न खाले समस्यालाई मध्येनजर गर्दै चिसो मौसममा उनीहरुको आवश्यकतालाई मध्येनजर गर्दै आफुले पारिवारिक रुपमा न्यानो लुगा सहयोग गरेको बताउदै निरन्तर रुपमा आवश्यकता भएकाहरुलाई कुनै न कुनै रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन ।
कार्यक्रममा अपांङग समन्व्य समिति प्रदेश नं. ५ का अध्यक्ष देविदत्त आचार्य, मानव अधिकार सुचना केन्द्रका लक्ष्मी तिवारी, डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापामगर, जीवन गिरीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

भारतीय गणतन्त्रको आजको तस्वीर र भारतको भबिष्य

१२ माघ २०७६, आईतवार १७:४६
—लोकनारायण सुबेदी भारतमा प्रत्येक बर्षको २६ जनवरीका दिन गणतन्त्र दिवस मनाइने । सन् १९५० मा यसै दिन भारतीय संबिधान लागु भएको थियो । संबिधानको भावना अनुरुप आज भारतलाई एउटा सम्प्रभूतासम्मपन्न गणतन्त्रात्मक धर्मनिरपेक्ष समाजवादी’’ राज्य मानिएको छ । यसै आधारमा भारतमा संबिधानको शासन रहेको मानिन्छ । त्यहाँको संसदलाई सर्बोच्च पनि भनिएको […]