पाकिस्तानमा ७२ वर्षपछि खोलियो हिन्दू मन्दिर

२१ असार २०७६, शनिबार १५:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि फेरि हिन्दू मन्दिर खोलिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा पञ्जाव प्रान्तको सियालकोटामा रहेको हिन्दू मन्दिर पुनः खोलिएको हो । मन्दिर खुला भएसँगै पाकिस्तानी हिन्दु धर्मावलम्बी निकै हर्षित भएका छन् ।
सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो । अब यस मन्दिरमा भारतबाट देवी–देवताका मूर्ति लगिने भएको छ । श्रद्धालुले यो मन्दिर खुलेपछि हिन्दु रीतिरिवाजले पूजा गरेर खुशियाली मनाएका छन् । यस क्रममा मन्दिरमा पूजा–पाठका साथै हिन्दू देवीदेवताको जयजयकार गरिएको हो । यो मन्दिर खोल्ने पहल पाकिस्तान इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डले गरेको थियो ।
हिन्दु सुधार सभाका अध्यक्ष अमरनाथ रन्धावा, डा. मुनावर चन्द र पण्डित काशी रामसमेत अन्य हिन्दू अगुवाहरु मन्दिर खोलिएको समारोहमा उपस्थित थिए । मन्दिरलाई नयाँ रुप दिनका लागि लागत अनुमान गरेपछि यसको जीर्णोद्धारको काम थालिने भएको छ । हिन्दु सुधारसभाका अध्यक्ष अमरनाथ रन्धावाले मन्दिरलाई पुनः खोल्ने निर्णयप्रति इमरान सरकार प्रशंसा योग्य भएको बताए ।
(एजेन्सी)

Next Post

अवैधरुपमा औषधि कारोबार गर्नेमाथि मुद्दा

२१ असार २०७६, शनिबार १५:५८
सदरलाइनडटकम, यदुराज मिश्र/नेपालगञ्ज : नेपालमा दर्ता नभएका औषधिहरु विक्री वितरण गरेको आरोपमा दुई जनामाथि मुद्दा चलाइएको छ । बर्दियाको गुलरिया ६ स्थित मिन्सु सेवा क्लिनिकका सञ्चालक शैलेन्द्रकुमार गुप्ता र बझाङ जयपृथ्बी नगरपालिका ९ का रोहित धामीमाथि मुद्दा चलाइएको हो । गुलरिया ८ बस्ने २७ बर्षीय गुप्ताले अवैधरुपमा सञ्चालन गरेको औषधि […]