अन्तराष्ट्रिय शान्ति दिवशमा र्याली र हस्ताक्षर संकलन

५ आश्विन २०७५, शुक्रबार १९:०६
 

सदरलाइनडटकम, 
कोहलपुर (बाँके) : अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकारका लागि महिला, एकल महिला समुह बाँकेको आयोजनामा कोहलपुरमा प्रभातफेरी गरिएको छ ।
दिगो शान्ति हाम्रो अधिकार, दिगो विकासका लागि शान्ति, दिगो शान्ति राष्ट्र विकासको आधार, दिगो शान्तिका लागि द्वन्द्व प्रभावितहरुको न्यायमा पहुँच, शान्ति सम्भव छ हामी साथसाथ हिडौं, लगायतको प्लेकार्डसहित कोहलपुर चौराहाबाट सुरु भएको र्याली कोहलपुर चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा निष्पक्षका जिल्ला संजाल अध्यक्ष सिता शाह, मानव अधिकारका लागि महिला, एकल महिला समुहका ५ नं. प्रदेशका प्रादेशिक अधिकृत आरती केसी, निष्पक्षका जिल्ला श्रोतब्यक्ति आयुष चौधरी लगायतले आफ्नो आफ्नो मन्तब्य राखेका थिए ।
सो कोणसभामा बोल्ने बक्ताहरुले नेपालमा दिगो शान्ति स्थापना गर्नका लागि द्वन्द्व प्रभावितहरुलाई नेपाल सरकारले गठन गरेको आयोगले न्याय दिनु पर्नेमा जोड दिएका थिए ।
कुर्वे उष्ट्रोसंगको सहकार्यमा मानव अधिकारका लागि महिला एकल महिला समुहले ७ वटै प्रदेशमा विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राट्रिय दिवस मनाएको छ । ५ नं. प्रदेश अन्र्तगत बाँकेको कोहलपुरमा प्रभातफेरी र दिगो शान्तिका लागी हस्ताक्षर संकलन गरि यो दिवस मनाइएको छ । प्रभातफेरीमा द्वन्द्व प्रभावित महिलाहरुको सहभागिता रहेको थियो ।

Next Post

मोहर्रमको अन्तिम दिन शुक्रवार सेलाइयो ताजिया

५ आश्विन २०७५, शुक्रबार १९:०६
सदरलाइनडटकम, नेपालगञ्ज : मोहर्रम पर्वअन्तर्गत इस्लाम धर्मावलम्बीले शुक्रवार ताजिया सेलाएका छन् । बिहीवार रातीदेखि राखिएको ताजिया इस्लाम धर्मावलम्बीले कर्बलामा लगेर सेलाएका हुन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको छोरीको छोरा इस्लाम धर्मका संरक्षक धर्मगुरु हजरत इमाम हुसैनको सम्झनामा राखिएको ताजिया बाँकेको विभिन्न कार्बलामा लगेर सेलाइएको मौलाना जब्बार मन्जरीले बताए । हिजरीको […]