किसानको हितमा हुने नीति बनाईने

२१ बैशाख २०७५, शुक्रबार १९:४८
 

सदरलाइन/रविन्द्र सिंह ठकुरी
२१ बैशाख, कोहलपुर (बाँके) : पाँच नंम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले कृषि तथा भुमि व्यवस्था नीति तथा कार्यविधि बनाउँदा कृषकहरुका बीचवाट आएका समस्याहरु सम्वोधन गर्ने गरी बनाईने बताएकी छिन ।
मन्त्री पौडेलले शुक्रवार कोहलपुरमा आयोजित नेपाल मौरी पालक महासंघको १९ औं वार्षिक साधारण सभा तथा १० औं महाधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएकि हुन ।
उनले भनिन्–‘ म धेरै विषयमा विज्ञ छैन तपाईहरु संस्थागत रुपमा कृषकहरुका समस्याका विषयमा छलफल गरेर आउनुहोस म काम गर्न तयार छु ।’ उनले मौरि पालक किसानका समस्या बारे आफुले सकेको समाधान गर्ने बताईन ।
मन्त्री पौडेलले आफु प्रदेश मै नमुना काम गर्ने गरी तयारी गरेको बताउदै भनिन–‘ कृषि सहकारी र भुमि व्यवस्थापनका विषयमा नीतिगत काम गर्दा सवैका समस्यालाई साझा समस्याका रुपमा लिन्छु । म बाट हुन नसक्ने कुराहरु केन्द्रसम्म लिने छु ।’
कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले मौरिपालक किसानहरुले उत्पादन गरेको महको बजारिकर र उत्पादनमा सरकारले ठोस नीति बनाउन माग गरे । अधिाकरीले भने–‘ आयमुलक व्यवसायका रुपमा आइरहेको व्यवसयायलाई सहकारी मार्फत लगानी गर्न सरकारले व्यवस्था गर्नु पर्यो ।’
कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्णबहादुर थापाले स्वास्थ्यका लागि लाभदायक महको बजारीकरणमा देखिएको समस्यामा राज्यबाट किसानहरुको पक्षमा काम गर्नुपर्ने बताए मौरीपालक कृषकहरुले मौरीको सहज र सरल तरिकाले विमा, क्षतिपुर्तिको माग र जैविक विविधतामा भैरहेको नष्टताले मौरिहरुको चरण हरण भैरहेको गुनासो गरे ।

Next Post

नेपालगन्ज फोटो फेस्टिवलको तयारी बारे अन्तरक्रिया

२१ बैशाख २०७५, शुक्रबार १९:४८
सदरलाइनडटकम २१ बैशाख, नेपालगन्ज : आगामी जेठको तेस्रो हप्ता नेपालगन्जमा आयोजना हुने दोस्रो नेपालगन्ज फोटो फेस्टिवलको तयारी तीव्र वनाइएको छ । जेठको २६ र २७ गते नेपालगन्जमा सो फेस्टिवलको आयोजना गरिने भएको हो । यस क्रममा शुक्रवार नेपालगन्जमा कार्यरत फोटो पत्रकार एवं स्वतन्त्र रुपमा फोटोग्राफीमा संलग्नहरुवीच अन्तरक्रिया गरिएको हो । […]