करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार ११:४८
 

दाङ : तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगीको करेन्ट लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार डाँगीको शुक्रबार बिहान करिब पौने ७ बजे करेन्ट लागेको हो ।


घरको कोठामा बत्ती बाल्ने क्रममा डाँगीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज र खजुराको बालकोष स्थापनाको लागि सहयोग

१८ भाद्र २०७८, शुक्रबार ११:४८
नेपालगञ्ज : प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाल संरक्षण कोष स्थापनाका लागि नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । नेपालगञ्ज र खजुरामा स्थापना गरिएका बालकोषमा दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको हो । प्लानको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना (प्राटेक्ट) […]