ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १५:४४
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बुधवार एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–११ का २५ वर्षीय राजिव थारु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।

रुपइडिहाबाट नेपालगञ्ज आउँदै गरेका थारुलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनले अन्डरवेयरभित्र लुकाई राखेको २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।


लागुऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरीक्षक प्रेम अधिकारी र जमुनाह प्रहरीको संयुक्त पहलमा पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

यसअघि मंगलवार पनि जमुनाह नाकाबाट प्रहरीले लागुऔषधसहित कोहलपुरका युवालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटेबाघको छालासहित कैलालीमा दुई पक्राउ

३० असार २०७८, बुधबार १५:४४
कैलाली : गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी)को टोलीले उनीहरूलाई पक्राउ गरेको […]