सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ नेपाल अन्तरगत ६ नम्बर क्षेत्रका लायन्स सदस्यहरुले बाँकेको दशगजा क्षेत्रमा रहेको क्वारेन्टाइनमा बसेका नेपालीहरु तथा भारतीय मजदुरलाई दुई छाक खानाको व्यवस्था गरेका छन ।
कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई मानविय सहयोग पुराउने उद्देश्यले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ का संस्थापक डिस्टिक गभर्नर सेमराज शाक्य र पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्माको पहलमा लायन्स लिडरहरु मुकुट ढकाल, ज्ञानेन्द्र श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, नरेन्द्र श्रेष्ठलगायतको सक्रियतामा सो खानाको व्यवस्था गरिएको हो ।
नेपालगञ्जको दशगजामा रहेको अस्थायी क्वारेन्टाइनमा रहेका १ सय ८१ जना नेपाली, उनिहरुको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी तथा भारत तिरका भारतीय सुरक्षाकर्मी समेत गरेर झण्डै ३ सय ४० जनालाई दुई छाक खाना खुवाइने लायन एमजेएफ कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले एकद्वार प्रणालीबाट खानाको व्यवस्थापन गर्ने र गराउने भनेको हुनाले खानाका लागि आवश्यक पर्ने सामाग्रीहरु गुरुद्वारालाई उपलब्ध गराइएको एडभाइजर लायन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्जका शिख समुदायले नेपालीहरु सुरुवाती दिनदेखि नै सिमा नाकामा बिचल्ली पर्दादेखि हालसम्म नेपालगञ्जको स्थानीय गुरुद्वारामा खाना बनाई खाना खुवाउने कार्य गर्दै आएको छ ।