निवर्तमान प्रधानमन्त्री केपी ओली बालकोट फर्किए

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १२:५१
 

काठमाण्डौ : निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् ।


ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने ’आई लभ यू केपी बा’, ’केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका छन् । लाउड स्पिकरमा राष्ट्रिय गीत बजाइएको छ भने समर्थकको जयजयकारका साथै हामी छिट्टै फर्कन्छौँ जस्ता नारा लगाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५ अर्बको खोप खरिद गर्ने अर्थमन्त्री शर्माको निर्णय

३० असार २०७८, बुधबार १२:५१
काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले कुल चार वटा फाइल सदर गरेका छन् । यस्तै उनले आईसीयू, […]

सम्बन्धित