कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १२:३१
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अनुसार संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २५ गते भेरीमा भर्ना हुनुभएका ठाकुरबाबा ४ का महिलाको स्वास्थ्यमा सुधार नआउँदा मंगलवार राती पौने १० बजे मृत्यु भएको हो ।


त्यस्तै राजापुर नगरपालिका–१० का पुरुष कोभिड पुष्टि भएपछि असार २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको मंगलवार राती साढे ११ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा मकैबालीमा फौजी किराको प्रकोप

३० असार २०७८, बुधबार १२:३१
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकामा लगाइएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । बढैयाताल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा लगाइएको मकैबालीमा अमेरिकन फौजी किरा प्रकोपकैरुपमा देखा परेको हो । वडा नम्बर ४ को बुटहा, दक्षिण भकारी, मानकीनार, वडा नम्बर ५ को फुलबारी, बढैया वडा नम्बर ३ […]