शंकास्पद दुर्घटनाबारे कैलालीमा प्रदर्शन

१९ माघ २०७६, आईतवार १८:५३
 

मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको भनिएका घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतवार दिनभरी तनावग्रस्त बनेको छ ।
मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
यसक्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो । ढुङ्गा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् । लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ ।
शुक्रवार राति सो सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो । प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।

Next Post

पत्रकामाथि आक्रमण गर्नेलाई कारवाहीको माग

१९ माघ २०७६, आईतवार १८:५३
सदरलाइनडटकम, नेपालञ्ज डेस्क : दाङका पत्रकार गोकर्ण पौडेलमाथि हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले माग गरेको छ । आईतवार विज्ञप्ती जारी गर्दै प्रदेश समितिले घटनाको घोर भत्र्सना समेत गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ ििसमतका महासचिव भेषराज बस्नेतद्धारा जारी विज्ञप्तीमा आक्रमणकारीलाई कानुनी दायरामा […]