बाँकेमा ८ जनामा कोरोना पुष्टि, ८ जना नै डिस्चार्ज

सदरलाइन संवाददाता २७ असार २०७८, आईतवार १६:५९
 

नेपालगञ्ज : बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ५७.१ प्रतिशत हो । आइतवार ८ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, मेडिकल कलेज कोहलपुरमा ३ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १७ हजार ५ सय १४ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार १ सय ४९ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ११ जनाको मृत्यु भएको छ ।

जिल्लामा ६० जना सक्रिय संक्रमित रहँदा ३३ जना अस्पताल र आइसोलेसनमा छन् भने ३४ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा तीन साता बित्दा पनि बजेटमा छलफल भएन

२७ असार २०७८, आईतवार १६:५९
सुर्खेत  :  कर्णाली प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट माथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ । प्रदेशसभाको बैठक पटकपटक बसे पनि बजेटले कार्यसूचीमा प्रवेश नपाउँदै स्थगित हुने भएको कारण […]