कोहलपुरद्वारा ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण

सदरलाइन संवाददाता १० असार २०७९, शुक्रबार १६:३८
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण गरेको छ । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण गरेको छ ।

कृषि प्रयोजनका लागि कोहलपुर नगरपालिकाले २१ वटा पावर ट्रेलर वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले १३ वटा ठूला र ८ वटा साना पावर ट्रेलर किसानलाई हस्तान्तरण गरेको कृषि शाखा कोहलपुरका प्रमुख चन्द्र वहादुर बुढाले वताए ।


कोहलपुर नगरपालिकाको १८ लाख र किसानको १८ लाख गरी ३६ लाख मूल्य बराबरमा पावर ट्रेलर खरिद गरिएको हो । अनुदानमा पावर ट्रेलर पाएपछि कृषकहरु उत्साहित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योगगुरु भट्टराइको जन्मदिनका अवसरमा रक्तदान

१० असार २०७९, शुक्रबार १६:३८
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भेरी अस्पतालको प्रांगणमा रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । योग समिति नेपालका अध्यक्ष्य एवं योग गुरु गिरिराज भट्टराइको जन्मदिनका अवसरमा गरिएको रक्तदानमा रक्तदाताहरुले स्वस्फूर्तरुपमा सहभागिता जनाएका थिए । कार्यक्रममा तीन दर्जनले रक्तदान गरेको कार्यक्रम संयोजक निर्मला शाहले […]