चिसोले बाँकेसहित देशभरको जनजीवन कष्टकर

१२ पुष २०७६, शनिबार १७:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : चिसो बढेसँगै बाँकेसहित देशभरिको जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान नेपालगञ्जको अधिकतम तापक्रम १२.६ रहेको थियो भने न्युनतम तापक्रम ३.५ रहेको छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १५.७ छ भने न्युनतम तमक्रम ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै दिपायलको न्युनतम तापक्रम २.८, डडेल्धुराको २.५ र धनगढीको २.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । उता वीरेन्द्रनगर सुर्खेतको न्युनतम तापक्रम १.३, जुम्लाको माइनस ६.०, दाङको २.९ र भैरहवाको ४.५ डिग्री रहेको छ ।
दिउँसो बिस्तारै हुस्सु हट्दै गएपनि चिसो भने नहट्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् । तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ ।

Next Post

बालात्कार आरोपमा वृद्ध पक्राउ

१२ पुष २०७६, शनिबार १७:४२
सदरलाइनडटकम, रुकुम : रुकुम पश्चिममा १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको […]

सम्बन्धित