सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।
आइतवार अमरगढी नगरपालिका ७ पोखरा नजिकै ट्रयाक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो । बिना नम्बर प्लेटको नयाँ ट्रयाक्टरका चालक भीमदत्त नगरपालिका ९ कञ्चनपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
