नेपालगञ्ज उपमहानगरपालिका बन्द

सदरलाइन संवाददाता २० मंसिर २०७९, मंगलवार १४:३४
 

नेपालगञ्ज : जनप्रतिनिधिको निधन भएको शोकमा मंगलवार नेपालगञ्ज उपमहानगरपालिका कार्यालय बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य मदनबहादुर क्षेत्रीको सोमबार निधन भएको थियो ।

क्षेत्रीको निधन भएको शोक स्वरुप उपमहानगरपालिका कार्यालय र २३ वटै वडा कार्यालय एक दिनका लागि बन्द गरिएको नगर प्रमुख (मेयर) प्रशान्त विष्टले बताए । वडा सदस्य क्षेत्रीको केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।


मुटु सम्बन्धी समस्या भएका क्षेत्रीको उपचारका क्रममा भारतको लखनउमा सोमबार बिहान ५ बजेतिर निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित गेस्टहाउसमा एक व्यक्ति मृत भेटिए

२० मंसिर २०७९, मंगलवार १४:३४
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा न ११ बसपार्क पछाडी रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युबक मृत फेला परेका छन् । सोमबार राती बर्थडे मनाउन आएका विशाल सिंह नामका ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटेल पुर्ब पश्चिममा कोहलपुर नगरपालिका वडा न ६ घर भएका विशाल सिंह मृत […]

सम्बन्धित