सदरलाइनडटकम
२ फागुन, नेपालगन्ज : पाँच नंम्बर प्रदेशको राजधानी बाँकेमा राख्नका लागि सरकारलाई दबाब दिइएको छ । बिहीबार बाँके राजधानीका लागि गठित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
बाँके राजधानीका लागि दबाब दिने उद्धेश्यले संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो ।
सो हस्ताक्षर एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ संयोजक रहेको समयमा हस्ताक्षर संकलन भएको हो । संकलित हस्ताक्षसहितको पोको बिहीबार काँगे्रस बाँके सभापति किरण कोइराला लगायतले प्रमुख जिल्ला अधिकारी केसीलाई बुझाएका हुन ।
सबै दलका प्रमुख एवं प्रतिनिधि सम्मलित ¥याली काँगे्रस बाँकेको कार्यालयबाट शुरु भई पासाङ ल्हामु हुँदै जिल्ला प्रशासन परिसर पुगेको थियो ।
सहभागिहरुले ५ नम्बर प्रदेशको राजधानी बाँकेलाई घोषण गर भन्ने नारासहितको कालो व्यानर बोकेका थिए । समितिले फागुन ५ गते जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
यसैगरी ७ गते विपी चौकमा सर्वपक्षिय अन्तरक्रिया गर्ने भएको छ । बाँके राजधानीका लागि दबाब दिनका लागि फागुन ९ र १० गते स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितीमा अन्तरक्रिया गरिने छ भने १४ गते प्रदेश सांसदलाई ध्यानाकर्षण बुझाइने छ ।