पाटे बाघको छालासहित बाँकेमा दुई पक्राउ

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १६:४८
 

नेपालगञ्ज : पाटे बाघको छालासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मेललेख गाउँपालिका–३ का २७ वर्षीय डम्वर बुढा र रामारोशन गाउँपालिका–५ का ३५ वर्षीय नन्दु बुढालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो ।

जिल्लाको बैजनाथ गाउँपालिका–४ तिलकपुरबाट उनीहरु पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । पाटेबाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्र खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।


पाटेबाघको दुई थान छालासहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । यसअघि पनि अस्ति बाँकेको कुसुमबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

१७ असार २०७८, बिहीबार १६:४८
नेपालगञ्ज : बर्षायाम शुरु भएसँगै स्क्रब टाइफसका विरामीहरु देखिन थालेका छन् । बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लाबाट स्क्रब टाइफसका विरामीहरु उपचारका लागि नेपालगञ्ज आउन थालेका हुन् । बर्खायाम सुरु भएसँगै स्क्रब टाइफसको जोखिम बढ्ने गर्छ । यो रोगबाट हुने मृत्यु कम गर्न समयमै रोगको पहिचान र उपचार गर्नु आवश्यक रहेको […]