सदरलाइनडटकम,
बुटवल : रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना सोरौलीबाट बुटवलतर्फ आउँदै गरेको बा १६ च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । मृत्यु हुने अर्का व्यक्तिको पहिचान हुन सकेको छैन् । सडकबाट तल खसेको छ ।
