नेपालगञ्जमा पनि मनाईयो मे दिवश

१८ बैशाख २०७६, बुधबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : १३० औ अन्तराष्ट्रिय श्रमिक दिवश बाँके नेपालगञ्जमा पनि मनाइएको छ । नेकपा निकट ‘जिफन्ट र एन्टुफ’ मा आवद्ध विभिन्न मजदुर घटक युनियनको अगुवाईमा नेपालगन्जको धम्बोझी चोकबाट विभिन्न मागसहितको ब्यानर र प्लेकार्ड बोकेर निस्केको र्याली औद्योगिक क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो ।
सो सभालाई मजदुर नेता केशव गिरी, पूर्ण केसी लगायतले सम्बोधन गर्दै मजदुरको हितमा समाजिक सुरक्षा योजना लागू गर्न, रोजगारको ग्यारेन्टी तथा श्रम ऐनले तोकेको सुविधा सहितको रोजगारीका लागि जोडदार माग गरेका थिए ।
कर्यक्रमलाई पाँच नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले ढिलो भएपनि अबका केही दिनमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकार मजदुर मैत्री नीति निर्माण गरी लागू गर्ने तयारीमा रहेको औल्याए ।
सो अवसरमा नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश नं. ५ का सांसद आईपी खरेल, संविधान सभा सदस्य देवराज भारले सम्बोधन गर्दै अन्तराष्ट्रिय श्रमिक दिवशको शुभकामना व्यक्त गरेका थिए ।  

Next Post

मेयर डा. राणाले भने : न्यूरोडमा यस्तो बनाउने हो

१८ बैशाख २०७६, बुधबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडमा सडक विस्तारको लागि ग्रिन बेल्टमा रहेका रुखहरु काट्न लागिएको भन्दै व्यपक विरोधका स्वर बाहिर आउदा नेपालगञ्ज उप–महानगरका मेयर.डा. धवल शम्शेर राणाले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले न्युरोडका रुख विरुवा काट्न लाग्यो भन्न हल्लाका कारण आफु दिनभर तनाबमा रहेको बताउदै हरियाली सहितको सडकको […]