कोशीका पूर्वमन्त्री अधिकारीको २ दिन हिरासतको बास

सदरलाइन संवाददाता २५ कार्तिक २०८१, आईतवार १८:३०
 

काठमाडौं : मानव तस्करीको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुईदिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अधिकारीलाई आइतबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा मोरङ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

मन्त्रपरिषद्बाट स्वीकृत नगराई जापान गएका अधिकारी र उनीसँगै अन्य ३ जना व्यक्तिहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै फिर्ता गरेपछि यो घटना सार्वजनिक भएको थियो ।

अधिकारी मानव तस्करको योजना अनुसार जापान गएको आरोप लागेको छ । यद्यपी उनले आफुलाई फसाइएको दाबी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तेस्रो दिन दाताले गरे ३० लाख दान

२५ कार्तिक २०८१, आईतवार १८:३०
नेपालगञ्ज : नेपालगञ्जको रामलिला मैदानमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दाताहरुले मनखोलेर दान गरेका छन् । कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगञ्ज सहित यस आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो […]

सम्बन्धित