डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १३:४२
 

नेपालगञ्ज : डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्रयाक्टर चालक ज्ञानबहादुर चौधरी रहनु भएको छ ।


दुर्घटनामा परि अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर गाउँपालिका साक्षर घोषणा

१५ चैत्र २०७८, मंगलवार १३:४२
नरैनापुर(बाँके) : बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । सोमबार नरैनापुरमा भव्य समारोहकाबीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहलाई साक्षर घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै साक्षर भएको घोषणा गरे । यसअघि गाउँपालिकालाई साक्षर बनाउन […]

सम्बन्धित