सशस्त्र प्रहरीद्धारा अवैध सामग्री बरामद

सदरलाइन संवाददाता १४ असार २०७८, सोमबार १४:३६
 

नेपालगञ्ज : सशस्त्र प्रहरी बर्दियाले भारतबाट ल्याइदै गरिएको ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाका मातहतमा रहेका बिओपी तथा फरवार्ड बेशबाट खटिएको टोलीले आइतवार राती भारतबाट नेपाल ल्याउदै गरिएका अवैध सामग्री बरामद गरिएको एसपी नर बहादुर रावतले जानकारी दिएका छन् ।


एसपी रावतका अनुसार बरामद गरिएका अवैध सामाग्रीमा किराना सामाग्री तथा पशुचौपया रहेका छन् । बरामद गरिएका अवैध सामाग्रीको मूल्य सतासी हजार पाँच सय दश रुपैयाँ रहेको एसपी रावतले बताए ।

बरामद गरिएका सबै अवैध बस्तु तथा सामाग्रीलाई छोटी भन्सार कार्यालय बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केही खुकुलो पार्दै बाँकेमा एक साता निषेधाज्ञा थपियो

१४ असार २०७८, सोमबार १४:३६
नेपालगञ्ज : बाँकेमा एक साता निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थपिए पनि सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी खुकुलो भएको छ । अरु अधिकांश नियम पुरानै छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने निर्णय भएको जानकारी दिए । जनस्वास्थयका मापदण्ड पालना गरी […]

सम्बन्धित