ठूलो परिमाणको चरेशसहित चार महिला पक्राउ

२८ मंसिर २०७६, शनिबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित चार नेपाली महिला नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । शुक्रवार राती नेपालगञ्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७९० ग्राम चरेशसहित अर्घखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तिमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मिला बुढामगर, लालमटिया ८ बस्ने सीता घर्तिमगर र दाङ हसुलिया वडा नंं. ९ बस्ने लालकुमारी पक्राउ परेकी हुन् ।
बरामद चरेशको अन्तर्राष्ट्रीय मुल्य ६ करोड २३ लाख ७० हजार रहेको भारतीय प्रहरीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) र आदर्श थाना रुपईडिहाको संयुक्त टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ ।
पक्राउ परेकी महिलाहरुले सो चरेश दाङबाट भारतको देहरादुन लैजान लागेको र आफुहरु भरियामात्र भएको बयान दिएकी छन् । निरीक्षक मनिषकुमार पाण्डेको नेतृत्वको टोलीले पक्राउ गरेको उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बहराईच जिल्ला कारागार चलान गरिएको छ । (रुपईडिहाबाट सन्तोष शुक्लाको सहयोगमा)

Next Post

नेपालगञ्जमा हुने महोत्सवको तयारी तीब्र

२८ मंसिर २०७६, शनिबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति […]