जानकी गाउँपालिका खुल्ला दिसामुक्त हुँदै

१ असार २०७४, बिहीबार १७:५७
 

सदरलाइनडटकम 
१ असार, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ३ साविकको इन्द्रपुर गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीको लागि बिहिवार जिल्लास्तरिय सयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ ।
अनुगमन टोलीले बाँके जिल्लालाई असार मसान्त भित्रै खुल्ला दिसामुत्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ । जिल्ला घोषणा गर्न चुनौती रहेको भन्दै वडा वडामा कार्यकर्ता तथा अनुगमन टोली परिचालित गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
बंँकेको ३३ वटै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा भैसकेका छन भने जानकी गाउपालिका र नगरका केही वडा मात्रा खुल्ला दिसा
मुक्त गाविस घोषणा हुन वंँकी रहेको खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले जानकारी दिए । बाँकेको राप्तीपारीका गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न कठिन भएपनि त्यो भन्दा बढि कठिन नगरसंग सटेका साविक वडा रहेको डिई चौधरीको भनाई छ ।
इन्द्रपुर गाविसमा कुल १ हजार ३ सय ७० घरधुरी रहेका छन् जसमध्ये ८ सय १४ घरधुरीमा चर्पी निर्माण भैसकेको छ भने ५ सय ५६ घरधुरी बाँकी रहेकोमा ३ सय ६२ घरधुरी निर्माणधिन अवस्थामा रहेका छन भने १ सय ९४ सुरु नै नगरेकोे इन्द्रपुर गाविस सचिव लालबहादुर रानाले जानकारी दिए ।
इन्द्रपुरलाई अझ खुल्ला दिसामुक्त गर्न चुनौती रहेको जिल्ला सम्मन्वय समिति बाँकेका वरिष्ठ कार्यक्रम संयोजक शरद पौडेलले बताए ।
जवसम्म जानकी गाउपालिका–३ इन्द्रपुरका वासिन्दा खुल्ला दिसामुक्त गर्न आवश्यकता महसुस गर्दैनन तवसम्म खुल्ला दिसामुक्त हुन गाह्रो रहेको उनको भनाई थियो । कहिले गाउपालिका कहिले नगरमा गाभिदा ठूलो चुनौती थपिएको जिल्ला सम्मन्वय समिति बाँकेका वरिष्ठ कार्यक्रम संयोजक पौडेलको दावी थियो ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पत्रकार रानालाई संरक्षण पुरस्कार

१ असार २०७४, बिहीबार १७:५७
सदरलाइनडटकम   १ असार, कोहलपुर : समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जाल बाँकेले संरक्षण क्षेत्रमा कलम चलाएर अतुलनीय योगदान गरेको भन्दै बाँकेका पत्रकार केशव रानालाई संरक्षण पुरस्कार प्रदान गरिएको छ । कोहलपुरमा बिहीबार एक कार्यक्रम गर्दै पत्रकार रानालाई बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन र […]