एस्पी रानाको बिदाई अधिकारीलाई स्वागत

सदरलाइन संवाददाता १३ असार २०७८, आईतवार १९:५६
 


नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएका प्रहरी उपरीक्षक ओमबहादुर रानाको बिदाईसंगै नयाँ कार्यभार सम्हाल्न आएका श्यामकृष्ण अधिकारीलाई स्वागत गरिएको छ ।

कर्मचारी मिलन केन्द्र बाँकेले जिल्ला प्रशाशन कार्यालय बाँकेमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर हुन आएका एसपी अधिकारी र प्रमुख मालपोत अधिकृत हरीकृष्ण सुवेदीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र मिलन केन्द्रका अध्यक्ष कोष नियन्त्रक कार्यालयका प्रमुख रामचन्द्र शर्माले स्वागत गरेका हुन ।


सोही कार्यक्रममा बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको संघिय प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ । मिलन केन्द्रका सचिव कृष्ण पुनले सहजिकरण गरेको कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् । यस्तै बाँके प्रहरीका डिएसपी मधुसूदन न्यौपानेले पनि आइतबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली करिडोरमा सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध

१३ असार २०७८, आईतवार १९:५६
नेपालगञ्ज  : कर्णाली करिडोरमा गएको सुख्खा पहिरोको कारण सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानी ठप्प भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरूद्ध भएको छ । राजमार्ग नै अवरूद्ध हुने गरी निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अबरुद्ध भएको […]

सम्बन्धित