ज्ञानोदयमा आलु प्याज प्रतियोगिता

५ आश्विन २०७५, शुक्रबार १८:३५
 

सदरलाइनडटकम,  
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले अतिरिक्त कृयाकलाप अन्तर्गत शुक्रबार एक फरक खाले प्रतियोगिताको आयोजना गरेको छ ।
विद्यालयमा रहेको बालक्लबको आयोजनामा आलु प्याज प्रतियोगिता नामक एक रोचक कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगितामार्फत कृषि उपजप्रति विद्यार्थीको ध्यान आकर्षण गर्ने र संकलित आलु र प्याज असहाय तथा बृद्धाश्रमहरुमा प्रदान गर्ने उदेश्य राखिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुले आलु प्याजसगै बृद्धाश्रमका बृद्धाहरुलाई एक छाक खाना खुवाउने गरी तयारी गरेको ज्ञानोदय बाल क्लवका अध्यक्ष सन्ध्या थापामगरले जानकारी दिइन ।
कक्षागत रुपमा चलेको प्रतियोगितामा कक्षा ३ मा अध्ययनरत विद्यार्थी लव पुनले ल्याएको ६ सय ५० ग्राम तौल भएको आलु प्रथम भएको थियो ।
प्रत्येक कक्षागत रुपमा प्रथम हुनेलाई विद्यालयले शैक्षिक सामाग्री प्ुरस्कारको रुपमा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक ऋिषिराम सापकोटाले जानकारी दिए ।

Next Post

अन्तराष्ट्रिय शान्ति दिवशमा र्याली र हस्ताक्षर संकलन

५ आश्विन २०७५, शुक्रबार १८:३५
सदरलाइनडटकम,  कोहलपुर (बाँके) : अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकारका लागि महिला, एकल महिला समुह बाँकेको आयोजनामा कोहलपुरमा प्रभातफेरी गरिएको छ । दिगो शान्ति हाम्रो अधिकार, दिगो विकासका लागि शान्ति, दिगो शान्ति राष्ट्र विकासको आधार, दिगो शान्तिका लागि द्वन्द्व प्रभावितहरुको न्यायमा पहुँच, शान्ति सम्भव छ हामी साथसाथ हिडौं, लगायतको प्लेकार्डसहित […]

सम्बन्धित