प्रधानमन्त्री कप महिला भलिबलको तयारी सकियो

२ फाल्गुन २०७४, बुधबार १९:२७
 

सदरलाइनडटकम  
२ फागुन, नेपालगन्ज  : नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलको सबै तयारी पुरा भएको छ ।

 आयोजकका तर्फबाट प्रतियोगिता अघि भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको आयोजक समितिका अध्यक्ष टिएस ठकुरीले बताए । उनले भने, प्रधानमन्त्री कप महिला भलिबलले खेलको विकासमा मात्र योगदान गरेको छैन । हामीले खेलको माध्यमबाट सीमामा सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम गर्न पनि योगदान गरि रहेको छ । प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन हामीले विशेष तयारी गरेको छौं । प्रतियोगिताको उद्घाटनमा विभिन्न जातजातिको प्रस्तुती, ¥याली, स्थानीय धर्म, संस्कृती झल्कने प्रस्तुती देखाउने तयारी भैरहेको छ ।’
उनले प्रतियोगितालाई नेपालको नम्बर एक प्रतियोगिता बनाउने अभियानमा एक चरण माथी पुगि सकेको दाबी गर्दै आयोजक टिमलाई उत्साही बनाएको र अझ प्रतियोगितालाई नेपालगन्ज शैक्षिक संस्था, उद्योग, ब्यापारी, सामाजिक अगुवा मिडियाकर्मीको साथ र सहयोगले हामी प्रतियोगिता आगामी वर्ष दक्षिण एसियाली स्तरको प्रतियोगिता बनाउने अभियानमा लाग्नु पर्ने दबाब बढिरहेको ठकुरीले बताए ।



नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता फागुनको ७ गतेसम्म चल्नेछ । लिग कम  नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

Next Post

‘भलिबलको प्रवद्र्धनमा जोडिन पाउँदा खुसी लागेको छ’

२ फाल्गुन २०७४, बुधबार १९:२७
सदरलाइनडटकम २ फागुन, नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको ब्राण्ड एम्बेडसर तथा मिस नेपाल निकिता चाण्डकले महिला भलिबल प्रतियोगितासँग जोडिन पाउनु पाउँदा खुसी लागेको बताएकी छन । प्रणय दिवसको अवसरमा नेपालगन्जमा आएकी चाण्डकले महिला विकास र सशक्तिकरणका लागी महिला भलिबलसंग जोडिएर काम गर्न पाउनु गर्वको कुरा भएको […]

सम्बन्धित