बैजनाथमा सिँचाई बाँध अलपत्र

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १३:०९
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन सकेको छैन ।

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा कुलो, तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेन्डर भई सम्झौता भएको छ । गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयका सव(ईञ्जिनियर सुरज केसीले जानकारी दिएका छन् ।

मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपियाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको हो । यसै गरी कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी सोही दिन एक करोड ४० लाख रुपियाँमा सम्झौता भएको हो ।


सब इन्जिनियर केसीका अनुसार मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हाल सम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ । दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एन्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन उदासीनता देखाएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख परशुराम चौधरीले भनेका छन् ।

“ठेकेदारलाई काम अघि बढाउन पटक–पटक सम्पर्कको प्रयास गरिरहेका छौँ,” कार्यालय प्रमुख चौधरीले उल्लेख गरे ,–“ घर समेत पत्ता लगाएर भेट भए पनि काम अघि बढ्न सकेको छैन । उपभोक्ता समितिका अध्यक्ष दुखराम थारुले हालसम्म काम सम्पन्न भई किसानको खेतमा सिँचाई सुविधा पुगेको हुनुपर्नेमा निर्माण कम्पनीले काम नगरिदिँदा किसानलाई नोक्सान भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सारको राजस्व असुली घट्दै

७ माघ २०७९, शनिबार १३:०९
नेपालगञ्ज : एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुलीमा यस वर्षको पुस मसान्तसम्ममा पनि सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गतवर्ष साउनमा १३१ दशमलव ४८ […]