आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहारको रुपमा प्रयोगमा ल्याउन जोड

सदरलाइन संवाददाता १६ पुष २०७९, शनिबार १७:४७
 

नेपालगञ्ज :  आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहार जो मानव स्वास्थ्यको लागि अति नै आवश्यक आहारको रुपमा प्रयोगमा आउने बाताबरण निर्माण गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल कमठमाण्डौले नेपालगञ्जमा सरोकारवाला संग गरेको अन्तरक्रियाका सहभागिले सो सुझाव दिएका हुन । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रमुख सुमन धितालले विभागले मल्टिभिटामिन लगायतका आहारपुरक पदार्थको नियमन गर्दै आएको जानकारी दिए ।

उनले यो फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने जो औषधि नभई आहारपुरक खाद्य भएकोले आहारपुर खाद्य पदार्थ नियमन ऐन २०७२ जारी गरी नियमन गर्न सुरु गरिएको जानकारी दिए । उनले दिएको जानकारी विभागमा ११ वटा उद्योगले अनुज्ञा पत्र लिएर उत्पादन समेत सुरु गरेका छन । भने २ हजार २ सय जाति उत्पादनको गुणस्तर र आवश्यक प्रकृया पुरा गरी विभागमा रजिष्टर्ड गरी विक्रि बितरण सुरु गरिएको छ ।


फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने विभिन्न खाले मल्टीभिटामिनहरु औषधि विभागले समेत आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने भन्दै अनगुमनका क्रममा सास्ती दिने गरेको तथा चिकित्सकले पनि फुड न्यूट्रासिटिकल्स अन्तरगत उत्पादन गरिएका मल्टी भिटामिन लगायतको पे्रस्कृप्सन नगर्ने गर्दा आहरु मर्कामा पर्दै आएको फुड न्यूट्रासिटिकल्स तथा कस्मासिउटिकल व्यवसायिहरुको गुनासो रहेको थियो ।

खद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख अमित भूषण सुमनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खाद्य निरिक्षक एकराज बुढाथोकीले र आयात तथा निर्यातको बारेमा खाद्य आयात निर्यात तथा गुण प्रमाण्किरण कार्यालयका प्रमुख सन्तोष दाहालले आ–आफ्नो प्रस्तुती गरेका थिए ।

कार्यक्रममा फुड न्यूट्रासिटिकल्स तथा कस्मासिउटिकल लुम्बिनी प्रदेश अध्यक्ष विजेन्द्र ठकुरी, सचिव लबराज श्रेष्ठ, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, सचिव कमल डाँगी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय पोसाक तथा ढाका टोपी दिवस बाँकेमा मनाइयो

१६ पुष २०७९, शनिबार १७:४७
नेपालगञ्ज : राष्ट्रिय पोसाक तथा ढाका टोपी दिवस नेपालगञ्जमा मनाइएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको गेटबाट साइकल यात्रा सुरु गरि विपी चोक, धम्बोजी चोक, सेतु बिक चोक, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेशमान चोक हुँदै उपमहानगरपालिका कार्यालयको गेटसम्म साइकल यात्रा गर्दै मनाइएको […]