राप्ती नदीमा पानीको सतह निरन्तर बढ्दै तल्लो तटमा सचेत रहन आग्रह

सदरलाइन संवाददाता २ असार २०७८, बुधबार १६:३७
 


नेपालगञ्ज  : राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । लगातारको वर्षापछि नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

जिल्ला विपद व्यवस्थापन समिति, बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नदीमा पानीको सतह ५ मिटर एक सेन्टीमिटर पुगिसकेको जानकारी दिए । उनले यो सतर्कता गराउने तह भएकाले तटीय क्षेत्रका गाउँमा सचेत गराइएको बताए ।

राप्ती नदीमा ५.४ मिटर पुगेपछि खतराको चिन्ह पार गरेको मानिन्छ । यो लेबलमा नदीको सतह पुगेपछि राप्ती नदीको तटमा रहेका होलिया बेतहनीका गाउँमा पानी पस्ने गर्दछ । ‘नदीको सतह बढ्दै छ । हामीले तटीय क्षेत्रको होचो भागमा परेका गाउँहरुमा सचेत रहन आग्रह गरिसकेका छौं’–सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले भने ।

बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुवास खड्काले नदीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेतगराउनुका साथै उद्धार गर्नु पर्ने भएमा सुरक्षाकर्मी तयारीका साथ बसेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरद्वारामा कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

२ असार २०७८, बुधबार १६:३७
ठाकुरबाबा (बर्दिया) : बार्दियाको पर्यटकिय नगरी ठाकुरबाबा नगरपालिकाले २६ जना कृषकहरुलाई कृषिकर्ममा सहयोग पुराउने उद्देश्यले ३५ प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ । ठाकुरबाबा नगरपालिका कृषि शाखाको आयोजनामा एक कार्क्रमका बीच नगरपालिकाको ३५ प्रतिशत अनुदानमा १९ जना कृषकलाई प्रति कृषक एक थानका दरले १९ थान पावर टीलर र ७ जना […]